Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

पर्साबाट एक लाख ३१ हजार बढीको भन्सार छलीका सामान बरामद

spot_img

वीरगंज,१७ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले एक लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ पटसौरास्थित सडकखण्डबाट प्रहरीले १० कार्टुन रिफाईन्ड तेल नियन्त्रणमा लिएको छ । २० हजार मूल्य बराबरको रिफाइन्ड तेल नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

प्रहरी चौकी महुवनले भन्सार छलीका विभिन्न सामग्री बरामद गरेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरस्थित सडकखण्डबाट प्रहरीले एक लाख १९ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

१३ थान किपैड मोबाईल, २० थान मोबाईलको चार्जर, २० थान म्याजिक एयरफोन, १३ थान हेडफोन, ५ थान एयरबर्डस, ३ प्याकेट टेम्पर ग्लास, ८ थान ब्लुतुथ स्पिकर र एक थान पावर बैंक बरामद गरेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

उनकाअनुसार बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once