Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
19.1 C
Kathmandu

पटेर्वा सुगौलीमा एक पुरूषको शब फेला

spot_img

वीरगंज,१० साउन । पर्सामा एक पुरुषको शब फेला परेको छ ।
पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बन्कुल निवासी अन्दाजी ५५ वर्षीय बुधन महतोको शव बिहिवार बिहान जङ्गलमा फेला परेको हो ।

जङ्गलमा घाँस दाउरा लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । सूचना पाएपछि इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलिका प्रहरी निरिक्षक मोहन जङ्ग बुढा थापा र प्रहरी चौकी

रंगपुर टाडिका प्रहरी सहायक निरिक्षक रामबाबु यादव नेतृत्वको टोली घटनास्थलमा पुगेर शबको मुचुल्का गरेको थियो । शबलाई सनाखतका लागि वीरगञ्ज पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once