Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
19.1 C
Kathmandu

धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित

spot_img

काठमाडौँ,१० साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरू बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् ।

बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरूलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए ।

उनले भने, ‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन । अहिले पनि रोकिएको छैन । उतै बसोबास गर्ने, काम गर्ने गर्छन् । तर धेरै विद्यार्थी जान थाले भने रेमिट्यान्स घट्दा समस्या हुन्छ ।
त्यही भएर यसमा विचार गर्नुपर्छ । १२ कक्षासम्मका बच्चाहरूलाई सिधै सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once