Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

करेन्ट लागेर दुईजनाको मृत्यु

spot_img

वीरगंज,९ साउन । मधेश प्रदेशको दुई फरक जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रदेशको सर्लाही र रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बयलबासमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै रौतहटको बौधीमाई नगरपालिका–५ बस्ने ५५ वर्षीय सुनेसर राय यादवको पनि करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once