Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, कांग्रेसको भागमा अर्थसहित चार मन्त्रालय

spot_img

धनुषा,३ साउन । मधेश प्रदेश सरकार आज बिस्तार हुँदैछ । नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित ४ मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मधेशमा कांग्रेसको भागमा अर्थसहित चार मन्त्रालय, मन्त्रीहरुको शपथ आजै

कांग्रेसको सिफारिसपछि मुख्यमन्त्री सिंहले रौतहटका सुनिल यादवलाई अर्थ, पर्साका जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनरायण यादवलाई उर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशल किशाेर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

चारै जना मन्त्रीहरुलाई बिहीबार साँझ ५ बजे शपथ गराउने तयारी रहेको छ । कांग्रेसले एक साताअघि नै मन्त्रीकाे नाम टुंगाे लगाएकाे थियाे । जनमतले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तार हुन ढिला भइरहेको थियो ।

कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once