Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

मधेशमा माओवादी संसदीय दलको नेता हटाउन बहुमत सांसदको माग

spot_img

जनकपुर,२५ असार । मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई हटाउने प्रयास सुरु भएको छ । माओवादी केन्द्रका ९ मध्ये ६ जना प्रदेश सांसदले दलको नेताबाट साहलाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन् ।

संसदीय दलको विधानको दफा २० (१) अनुसार प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारीले साहलाई हटाउन माग गर्दै उपनेता युवराज भट्टराई समक्ष प्रस्ताव पेश गरेका हुन् ।

‘दलको नेतृत्वको विषयमा हाम्रो विश्वास गुमेको कारणले गर्दा हामी सबै सदस्यहरुको तर्फबाट तल हस्ताक्षरित अविश्वासको प्रस्ताव पेश गर्दछौं’, ६ सांसदले बुझाएको पत्रमा भनिएको छ ।

उनीहरुले १५ दिनभित्र पार्टी संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् । पदमा हुँदा मनपरी गरेको, अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा चलखेल गरेको, उल्टै प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको आरोप लगाएको माओवादी सांसदहरुले दलका नेता साहमाथि आरोप लगाएका छन् ।

संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।

साह वर्तमान मुख्यमन्त्री सतिश सिंहको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । कांग्रेस र लोसपालाई सरकारमा ल्याउन गत शनिबार उनीसहित चार दलका ६ मन्त्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once