Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
spot_img
20.1 C
Kathmandu

पर्साका दुई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने सेवा सुरु

spot_img

वीरगंज,२१ असार । पर्सा जिल्लाका दुई गाउँपालिकामा बिहीवारदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाकेन्द्र विस्तार गरिएको छ। पकाहामैनपुर र सखुवाप्रसौनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने काम थपिएको पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेशसागर भुसालले जानकारी गराएका छन्।

यसअघि, पोखरिया, पर्सागढी नगरपालिका, र कालिकामाई गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाकेन्द्र स्थापना गरी सेवा प्रदान गरिँदै आएको थियो। केही दिनअघि जीराभवानी, पटेर्वासुगौली, र बहुदरमाई नगरपालिकामा पनि राष्ट्रिय परिचयपत्र बनाउने केन्द्र थप गरिएको थियो।

प्रजिअ भुसालका अनुसार धोबिनी र छिपहरमाईका सेवाग्राहीहरूको सुविधाका लागि गाउँमै सेवा केन्द्र विस्तार गर्ने लक्ष्य राखिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्सामा दैनिक दुई सय सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइरहेका छन् भने गाउँको सेवाकेन्द्रबाट दैनिक ५०-६० जनाले राष्ट्रिय परिचयपत्र बनाइरहेका छन्।

पर्सामा कुल जनसङ्ख्याको ६५ प्रतिशतले राष्ट्रिय परिचयपत्र बनाइसकेको र ३५ प्रतिशतको मात्र बाँकी रहेको राष्ट्रिय परियपत्र फाँटका रजिस्टार कृष्ण कुशवाहाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once