वीरगंज,१८ असार । वीरगंज महानगरपालिका वडा नं. २५ ड्राईपोट चौकमा एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् । सोमवार राती परवानीपुरबाट काम गरेर घर फकर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं. २६ अठराहा सुगौली निवासी अन्दाजी बर्ष ४५ को सुनिल पटेल मृत अवस्थामा भेटिएको जिल्ला प्ररही कार्यालय पर्साले जनाएको छ ।

उनको शव ड्राईपोट हुलाकी सडक खण्डको सडक छेवमा बर्षाको पानी जमेको ठाउँमा भेटिएको प्रहरीले बताएको छ । ।
मुख र नाकमा चोट पटक लागेको रगत वगेको एवं साईकल छेवमै रहेको कारण साईकलबाट लडेको हुन सक्ने स्थानियहरुको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको तथा शवलाई पोस्टमार्टमको लागि वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाकारी दिए ।





