Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंज हानगरपालिकामा असार २३ गते सबै विद्यालय बन्द रहने

spot_img

वीरगंज ,१८ असार । यहीँ असार २३ गते वीरगन्ज महानगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने भएको छ । गहवामाईको रथयात्रा निकालिने भएकोले महानगरभित्रका विद्यालय बन्द गरिने भएको छ ।

गहवामाईको नवनिर्मित मन्दिरको १२ वर्ष पुरा भएको उपलक्ष्यमा असार २३ गते भब्य रथ यात्रा निकालिँदैछ । गत वर्ष पनि असार ५ गते गहवामाईको पहिलो रथ यात्रा निकलिएको थियो ।

गत वर्षको रथयात्रालाई निरन्तरता दिन यस वर्षपनि दोस्रो पटक रथ यात्रा निकाल्न लागिएको हो । गहवामाई मन्दिरमा पूजापाठ गरेर रथ यात्रा निकालिने र घण्टाघरहुँदै छपकैय, आर्दशनगरलगायत नगर परिक्रमा गरी पन्दिरमै ल्याउने रुट तय गरिएको बताइएको छ ।

सो अवसरमा रथ यात्रामा बढी भन्दा बढी भक्तालुहरुको सहभागी गराउने उदेश्यका साथ त्यस दीन विरगन्ज महानगरपालिका अन्र्तगतर्का सम्र्पुण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिने भएको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once