Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

बीरगन्जमा जथाभावी फोहोर फाल्नेबाट ३६ लाख भन्दा बढी जरीबाना असुल

spot_img

बीरगन्ज,१२असार । बीरगन्ज महानगरपालिकाले विगत डेढ वर्षको अवधिमा जथाभावी फोहोर फाल्ने ५९४ जनालाई कारबाही गरी जरीबाना बापत ३६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ।

बीरगन्ज महानगरपालिकाले २०७९ पुष १७ गतेदेखि सडक, नाला , खाली जग्गा लगायतका स्थानमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरि जरिबाना तिराउँदै आएको छ । त्यसयता गत जेष्ठ मसान्तसम्म ५९४ जनालाई कारबाही गरी ३६ लाख भन्दाबढी राजश्व संकलन गरिएको महानगरपाालिकाका सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले बताए ।

बीरगन्ज महानगरपालिकाले १८ महिनाको अवधीमा जथाभावी फोहर फाल्ने ५९४ जनाबाट ३६ लाख जरिवाना असुल गगरेको उनले बताए । मियाँका अनुसार, महानगरपालिकाले फोहोर फाल्नेलाई कारबाही गरी न्यूनतम ५ सय रुपैयाँदेखि अधिकततम ५० हजार रुपैयाँँसम्म जरिबाना तिराउँँदै आएको छ ।

महानगरपालिकाले सडक वा अन्यत्र स्थानमा जथाभावी फोहोर फाल्नेहरुको बारेमा बिहान चार घण्टा, दिउँसो आठ घण्टा र राति चार घण्टा गरी ३ चरण्मा निगरानी गर्दै आएको छ ।

प्रमुख मियाँका अनुसार, बीरगन्ज महानगरपालिकाले विगत केही वर्षदेखि मुख्य र सहायक सडकहरूको फोहोर ठेक्काबाट संकलन गर्दै आएको छ भने ठेक्काबाहेकका क्षेत्रमा महानगरकै सरसफाइ शाखाले फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको छ। नारायणी अस्पताल, वीरगन्ज कारागार, भारतीय महावाणिज्य दूतावास, जिल्ला र उच्च अदालत तथा नाला कटान गरी भएका फोहोरलाई महानगरले संकलन गर्दै आएको छ।

फोहर व्यवस्थापनमा महानगरपालिकाले अपनाएको कडा नीति र जरिवानाका कारण शहरमा सरसफाइ कार्यमा उल्लेख्य सुधार आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once