Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
20.1 C
Kathmandu

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

spot_img

३० जेठ, काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक ३१ र ३२ जेठमा बस्ने भएको छ ।

त्यसअघि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । आजको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदन पारित गरेको छ ।

कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

सुशासन विभाग प्रमुख राजन चौलागाईंद्वारा प्रस्तुत भ्रष्टाचार निवारण नागरिक आयोग सम्बन्धी अवधारणा पत्र, विजय महासेठको तराई–मधेश उत्थानको निम्ति राप्रपा नेपालको कार्ययोजना र उपाध्यक्ष डा. विष्णु भण्डारीले कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी पार्टीको वैकल्पिक मोडल कार्यसम्पादनको बैठकमा प्रस्तुत भएको राप्रपा नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once