काठमाडौँ,२३ जेठ । नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत उनलाई केही समयअघि नियन्त्रणमा लिइएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले उनलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको जानकारी दिए।
सैनिक अनुशासन÷आचरणको विषयमा उनीमाथि छानबिन भइरहेको उनले बताए। मल्ललाई कहिले नियन्त्रणमा लिएको भन्ने खुलाएनन्।
‘उहाँमाथि सैनिक अनुशासन÷आचरण सम्बन्धमा छानबिन भइरहेको बताए ।





