Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

बीरगन्जबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

spot_img

बीरगन्ज,२५ वैशाख । बीरगन्ज महानगरपालिका-१४ गण्डक चोकबाट स्रोत नखुलेको १३ लाख १५ हजार रुपैयाँसहित सोही महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले बीरगन्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-०१० प ६७१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once