Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
spot_img
15.1 C
Kathmandu

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

spot_img

काठमाडौं,०३ वैशाख । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पुनरावेदनमाथिको सुनुवाइ सुरु भएको छ । पाटन उच्च अदालतमा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी र दुगाएप्रसाद ढुंगेलको संयुक्त इजलासमा सोमबार दिउँसो खाजा समयपछि सुनुवाइ सुरु भएको हो ।

यो मुद्दामा आजै फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन्। लामिछानेलाई १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो।

सन्दीपसँगै यो मुद्दामा बलात्कार पीडित भनिएकी परिवर्तित नाम गौशाला (६) को तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि किशोरी नाबालिग नरहेको फैसला गरेपछि सरकारी पक्ष उनी नाबालिग नै रहेको दाबीसहित उच्च अदालत पुगेको थियो । दुवै पक्षको पुनरावेदनको सुनुवाई एकैपटक भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once