Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

हजुर आमाकाे हत्या गरेको आराेपमा पर्साबाट एक जना पक्राउ

spot_img

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । ८५ बर्षिय हजुर आमा समराजी पाण्डेकाे हत्या गरेको आराेपमा प्रहरीले पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हास्वाका ३२ बर्षिय अजय कुमार पाण्डेलाई पक्राउ गरेकाे छ ।

पाण्डेले चैत २९ गते सांझ मदिरा सेवन गरेर हजुर आमालाई कुटपिट गर्दा मृत्यु भएकाे प्रहरीले जनाएका छन् । मृतकका छाेरा राजकिशाेर पाण्डेकाे उजरीकाे आधारमा आराेपित पाण्डेलाई साेही दिन पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले बताए ।

चैत ३० गते आरापित पाण्डे विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केसीले बताए ।

मदिरा सेवन गरेर सांझ घर पुगेका आराेपित पाण्डेले पैसाकाे विषयमा मृतक हजुर आमासंग विवाद गरि कुटपिट गरेका थिए । कुटपिटका कारण गम्भिर घाइते भएकी हजुर आमाकाे उपचारकाे क्रममा साेही दिन राति पाेखरिया अस्पतालमा मृत्यु भएकाे प्रहरी निरिक्षक केसीले बताए ।

पक्राउ परेका पाण्डेलाई इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरास्तमा राखिएकाे छ । मृतक समराजीकाे चैत ३० गते नै बीरगन्जस्थित नारायणी अस्पतालमा पाेस्ट मार्डम गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once