Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

पर्सा रुखबाट खसेर एकजनाको मृत्यु

spot_img

बीरगंज,०९ चैत । पर्साको पर्सागढि नगरपालिकामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ३ बडनिहारमा रुखबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो ।

चैत्र १ गते घर नजिकैको जङगलमा घाँस काट्ने क्रममा ६१ वर्षीय लालमान तामाङ्ग रुखबाट खसेर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि बीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गरी घर लगिएको थियो । तर उनको सामान्य नभएकाले भोलिपल्ट उपचारको लागि निलकण्ठ अस्पताल बीरगन्ज पु¥याइयो ।

दिनप्रतिदिन उनको अवस्था बिग्रदै गएकाले ७ गते बुधबार काठमाडौं रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once