Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

‘मारवाडी प्रिमियर लिग’ क्रिकेट टुर्नामेन्ट शुरु, खेलकुद एकडेमीको स्थापना गरिने : मेयर

spot_img

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ चैत । वीरगंजको आदर्शनगर रंगशालामा शुक्रबारदेखि ‘मारवाडी प्रिमियर लिग’ क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । मारवाडी युवा मञ्च वीरगंजले आयोजना गरेको क्रिकेट टुर्नामेन्टलाई उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले खेलकुद क्षेत्रको विकासको लागि महानगर सधैं तयार रहेको बताए । मारवाडी युवा मञ्च वीरगंजको प्रयासले क्रिकेटको क्षेत्रमा कोशेढुँगा सावित हुने विश्वास लिएको बताए ।Bidwasani gaupalika

उनले संघीय सरकारको मातहतमा रहेको नारायणी रंगशाला भित्र रहेको क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा स्तरोन्नति गरिने बताए । क्रिकेट मैदान स्तरोन्नतिको लागि महानगरपालिकाले पर्सा क्रिकेट एशोसिएसनसँगको सहकार्यमा हातेमालो गर्दै अगाडि बढेको उनले बताए । खेलकुद क्षेत्रको विकासको लागि महानगर सदैव तत्पर रहेको भन्दै महानगर प्रमुख सिंहले यही असारसम्म आदर्शनगर रंगशालाको पनि स्तरोन्नति गरिने बताए ।

उनले खेलकुदको लागि यहाँ निर्माण गरिएको मैदानहरुलाई विभिन्न धार्मिक एवं साँस्कृत्तिक कार्यमा प्रयोग गरिँदै आएकोमा अबदेखि खेलकुद मैदान खेलकुदकै लागि मात्रै प्रयोग गरिने बताए । त्यसको साथसाथै वीरगंजमा खेलकुदप्रति युवाहरुलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले खेलकुद एकडेमीको पनि स्थापना गर्न लागेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सिंहले वैभव वीरगंजको परिकल्पनालाई साकार पार्न वीरगंजबासीको साथ र सहकार्य आवश्यक रहेको बताए । उनले सबै कुरा मेयरसँग मात्रै सम्भव नरहेकोले समय समयमा वीरगंजबासीले विकासको लागि सल्लाह दिन आग्रह समेत गरे । मारवाडी युवा मञ्च वीरगंजका अध्यक्ष गोविन्द साहको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा उद्योगपति बाबुलाल चाचान, अशोक वैद्य, गणेश लाठ, बिजय सरावगी, अशोक टेमानी, अनिल अग्रवाल, ओमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

८ दिनसम्म चल्ने उक्त क्रिकेट प्रतियोगितामा १ सय १२ जना खेलाडीको ८ वटा टिमले डे-नाइट गरि १५ प्रतियोगितामा भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once