Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
17.1 C
Kathmandu

सर्लाहीमा यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए

spot_img

जनकपुर,२८ फागुन । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।

मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो ।

महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once