बीरगंज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा चेकजाँच शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पन्नालाल विद्यादेवी प्रतिष्ठचान, लायन्स क्लब अफ बीरगन्ज परिवार, माट्रिका आइ फाउन्डेशनको संयुक्त आयोजनामा रक्तदान तथा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा २० जना महिला पुरुषले रक्तदान गरेका थिए । त्यस्तै नि:शुल्क आँखा जाँच शिविरमा १८९ जनाको आँखा परीक्ष्ण गर्दा ७२ जनामा मोतियाबिन्दु देखिएको थियो ।
मोतियाबिन्दु देखिएकाहरुको नि:शुल्क शल्यक्रिया शुक्रवार माट्रिका आइ फाउन्डेशनमा हुने प्रतिष्ठानका डा सन्तोष साहले बताए ।





