Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

पर्साको जिराभवानीमा विद्युत सर्ट भई आगलागी

spot_img

बीरगंज,१३ फागुन । पर्साको जिराभवानी गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । वडा नंं. १ महादेवपट्टीको ललितपुरस्थित नेटुवा बस्तीको एक घरमा आगलागी भएको हो ।

स्थानीय मुन्ना नटको घरमा आगलागी हुँदा उनको घर जलेर पूर्ण रुपले नष्ट भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक अशोक महतोले बताए । आज दिउँसो १ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको उहाँले बताए ।

आगलागीबाट कुनै मानविय क्षती भएको छैन । आगलागीका कारण घरमा रहेको नगद, गरगहना, अन्नपात लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । आगलागीबाट ५ लाख बराबरको क्षति भएको प्रहरी बताउँछ ।

वीरगञ्जको महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once