पटेर्वा सुगौलि (पर्सा), १२ फागुन । पटेर्वा सुगौलि गाउपालिकामा आजदेखि पालिकास्तरीय पटेर्वा सुगौलिमा प्रथम निचुटा नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरिएको गाउपालिका अध्यक्ष चौधारीले जानकारी दिए।
उद्घाटनमा पटेर्वा सुगौलि गाउपालिका अध्यक्ष दिनेश कुमार चौधारी, उपअध्यक्ष ममता महतो, वडा न:१,२,३,४,५ का वडा अध्यक्ष समाजशेबी शिव चौधरी , प्रम्मोद उपाध्याय, जादोलाल साह, अनिल साह रौनियार , मधुकान्त चौधरी , भगवती चौधरी उपस्थित थिए।
यो खेल दश (१०) दिन देखि बारे (१२) दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बारे (१२) ओटा टिम खेलाइनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुस्कार दश हजार , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई टिमलाई नगद पुस्कार पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ।





