Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
19.1 C
Kathmandu

जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट केही कागजात अख्तियारको नियन्त्रणमा

spot_img

जनकपुर,०९ फागुन । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा अख्तियारले केही कागजातहरु नियन्त्रणमा लिएको छ । केही उजुरीको कागजात जवाफ पटक पटक माग गरेपछि अटेर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मंगलबार कार्यालय पुगेरै कागजात नियन्त्रणमा लिएको हो ।

कार्यालयबाट मेयर मनोज कुमार साहले राखेको निजि स्वास्थ्य सल्लाहकार डा.नविन साह, स्वकीय सचिव मनोज कुमार महतोको नियुक्ति प्रक्रिया, कार्यालयका राजश्व शाखा प्रमुख परमेश झा माथि परेको घुस लिएर घर निर्माण सम्पन्नताको प्रमाणपत्रको प्रमाणपत्र दिएको आरोपसहितको उजुरी र १८ वर्ष नपुगेपनि राकेश डोम भन्ने व्यक्तिलाई करारमा नियुक्ति सम्बन्धि केही कागजात र लिखित जवाफ कार्यालयसंग अख्तियारको टोलिले लिएको हो ।
यी चारवटा उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । पटक पटक पत्र लेख्दा समेत कागजात नपठाएपछि अख्तियार आफै आएर कागजात तथा लिखित जवाफ लगेको कार्यालयका एक कर्मचारीले बताए ।

मेयर साहले निजी स्वास्थ्य सल्लाहकार राखेको डा.नविन कुमार साहको नियुक्ति केही नभएपनि स्वास्थ्य शाखामा टेवुल कुर्सी राखेर बस्ने गरेका थिए । उनीमाथि उजुरी परेको थियो । अख्तियारले नियुक्ति कागजात मागेपछि उनी गैर कर्मचारी ठहरिएका छन् । उनको टेवुल कुर्सी शाखाबाट हटाइएको छ ।

मेयर साहले आफूले बिना नियुक्ति सल्लाहकारको रुपमा राखेको जवाफ अख्तियारलाई दिएको कार्यालयका एक कर्मचारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once