Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
18.1 C
Kathmandu

नेपाली नागरिकताले भारतीय सीम कार्ड पाइने

spot_img

जनकपुर,०८ फागुन । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाली तथा भुटानी नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । तर अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो ।

सो सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने बताइको छ । तीन महिनाको म्याद सकेपछि नवीकरण गर्नुपर्ने हुन्छ ।नेपालबाहेक अन्य देशबाट भारत पुगेको खण्डमा भने नेपाली नागरिकले भने पासपोर्ट र मान्य भिसा स्ट्याम्प अनिवार्य देखाउनुपर्नेछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएको बेला यो विषयमा उनले त्यहाँ यो प्रस्ताव राखेका थिए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि भारत भ्रमणमा गएको बेला पनि यो कुरा उठाएकी थिइन् ।हालै प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोली भारत भ्रमणमा गएको बेला यो विषयमा कुराकानी भएको थियो ।भारतमा रहेको नेपाली राजदूतावासले पनि यसका लागि नियमित प्रयास गरिरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once