Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

तनहुँमा जीप पल्टिंदा २ जनाको मृत्यु, १० जना घाइते

spot_img

काठमाडौं,२५ पुस । तनहुँको भिमादमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका-२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाँणले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once