Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि

spot_img

काठमाडौं,१३ पुस । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न नसकेपछि आज पनि सुनुवाइ हुने भएको हो ।

सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।

सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरूको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बहस नसकिएकाले शुक्रबार पनि सन्दीपका कानुन व्यवसायीहरूले पालो पाउनेछन् ।

सन्दीपका कानुन व्यवसायीहरूको बहसपछि सरकारी वकिलले जवाफी बहस गर्ने पालो आउने र इजलासले निर्णय सुनाउने बताइएको छ ।

परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once