Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
16.1 C
Kathmandu

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

spot_img

ढोरपाटन,११ पुस । राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गरेका थिए । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरे ।

“मैले बागलुङमा धेरै समय बिताए”, राष्ट्रपति पौडेलले भने । उनले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गरे । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिए । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनको भनाइ थियो ।

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ”, राष्ट्रपति पौडेलले भने– “म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पु¥याएका हुन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once