वीरगन्ज,१०पुष:गुरु नानक सेवा प्रतिष्ठान साेध केन्द्रले वीरगन्जमा सञ्चालन गरेकाे नि:शुल्क दन्त शिविरबाट आठ सय भन्दा बढी बालबालिका लाभान्वित भएका छन्।
वीरगन्जको श्रीपुरस्थित ओम नेशनल एकेडेमीमा सञ्चालित दन्त शिविरमा उक्त विद्यालयमा अध्ययनरत ८ सय बढी बालबालिकाकाे दन्त परिक्षण गरी आवश्यक ओैषधिसमेत वितरण गरिएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले जानकारी दिए।
शिविरमा डाक्टर विकास पटेल,डाक्टर प्रिती चाैरसिया,डाक्टर सम्झना यादव र डाक्टर राजा जयसवालले बालबालिकाहरुकाे दन्त परिक्षण गरेका थिए।
शिविरमा ओम नेशनल एकेडेमीका निर्देशक हरिश्याम ठाकुर,गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रका हरविंदर सिंह, जतिन्दर सिंह, अभिनाष झा, रुप नारायण सिंह,लालबाबु सिंह,नेपाल रेडक्रस सोसाइटीका श्रवण बहादुर रायमाझी लगायतकोपनि उपस्थिति थियाे।





