Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

उपमेयर चढ्ने गाडी मै पेट्रोल छर्केर आगजनी

spot_img

बीरगंज,०८ पुस । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

गौशाला नगरपालिका–१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजनी गरेको बताए ।

उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ । घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once