Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
19.1 C
Kathmandu

बाराबाट प्याजसहितको गाडी प्रहरी नियन्त्रणमा

spot_img

बारा,०८ पुस । बाराको जीतपुरबाट प्रहरीले भारतबाट तस्करी गरी ल्याइएको करिब ३० क्वीन्टल प्याज सहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नबर ७ जीतपुरबाट प्याजसहितको गाडी नियन्त्रणमा लिएको हो । शनिबार बीरगन्जबाट चितवन जादैं गरेको प्र.२–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीलाई जितपुरमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा विलविजक नभएको १ लाख ८१ हजार रूपैयाँ बराबरको ६० बोरा अर्थात ३० क्वीन्टल प्याज बरामद भएपछि प्याजसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिईएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once