Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
25.1 C
Kathmandu

बैंकको ब्याजदरविरुद्ध व्यापारी आन्दोलित

spot_img

बीरगंज,०८ पुस ।  बैंकको चर्को ब्याजविरुद्ध बाँके र बर्दियाका व्यापारी आन्दोलित भएका छन् । केही दिनअघि आन्दोलन घोषणा गरेका स्थानीय व्यापारीले शनिबार नेपालगन्जमा विरोध सभा गरेर बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा भएको विरोध सभामा बर्दिया र सुर्खेतका उद्योगी–व्यवसायीले समेत ऐक्यबद्धता जनाएका छन् । बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सरकारलाई असहयोग गर्ने उनीहरूले स्पष्ट पारे । धम्बोझी चोकमा भएको विरोध सभामा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल रावतले उद्योगी–व्यवसायीसँग सरकार ढाल्ने ताकत भएको बताउँदै समयमै समस्या समाधान नगरे सरकारलाई समस्या हुने बताए । ‘हामीसँग सरकार बनाउने र ढाल्ने शक्ति छ । सरकारले वेलैमा ब्याजदर नघटाए आन्दोलनको आँधीबेहरीमार्फत सरकार ढाल्नेछौँ,’ उनले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले जुन ब्याजदरमा ऋण लिएको हो, सोही दरमा ब्याज कायम हुनुपर्ने बताए । उनले उद्योगी–व्यवसायीले ऋण मिनाहा गर्न माग गरेको नभई पहिलेकै दरमा ब्याज लिन माग गरेको जिकिर गरे । ‘पहिले ८ प्रतिशत ब्याज लिने गरी ऋण दिएका बैंकले बढाएर १६ प्रतिशत पुर्‍याउँदा धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेर बन्द भएका छन्,’ उनले भने, ‘बैंकको ब्याज तिर्न नसकेर कतिपयले आत्महत्या गर्नुपरेको छ । ब्याज नघटाए नेपालगन्जबाट सुरु भएको आन्दोलनलाई देशव्यापी बनाएर सरकारलाई अप्ठ्यारो बनाउँछौँ ।’

मधुवन उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा रिमालले बैंकले ब्याजदर बढाउँदा उद्योग–व्यापार धराशायी भएको बताउँदै सरकारले यस विषयमा नसोचे अझ भयावह अवस्था आउने बताए ।’

विरोध सभामा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव मातृका सापकोटाले कोरोनाका वेला व्यापार–व्यवसाय बन्द गर्न लगाएको सरकारले ऋणको ब्याजदर बढाएर व्यापारीको घाउमा नुनचुक लगाएर झनै घाइते बनाएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले बैंकको ब्याजले उद्योगी–व्यवसायीहरू आत्महत्या गर्ने अवस्थामा पुग्दासमेत सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्य भएको धारणा राखे । उनले भने, ‘उद्योगी–व्यापारीको आन्दोलनलाई कम नआँक्ने मेरो आग्रह छ । व्यापारी–उद्योगीको करले देश र राजनीतिक दल चलेका छन् । समयमै ब्याजदर समायोजन नभए सरकारलाई बढार्ने आँधीबेहरी सिर्जना गर्छौँ ।’

विरोध सभामा व्यावसायिक सरोकार मञ्च बाँकेका अध्यक्ष देवानन्द अर्यालले पनि ब्याजदर समायोजन नभए सरकारलाई असहयोग गर्ने र सरकार गिराउने आन्दोलन गर्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once