Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

संविधानको मर्म विपरीत बोल्ने छुट कसैलाई छैन : मन्त्री शर्मा

spot_img

जनकपुर,०७ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेकी छिन्।

नेपाल पत्रकार महासङ्घ सुनसरीले शनिबार धरानमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताइन्।

मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षा अनुरुप काम गरिरहेको उल्लेख गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुङ्ग्याइने बताइन्। सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुङ्ग्याइने मन्त्री शर्माले बताइन्।

मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक सङ्कट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताइन्।

त्यस अवसरमा पत्रकारहरूले पत्रकार प्रज्ञा प्रतिष्ठान गठन गर्न माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once