Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

बारामा रुखबाट खसेर एकजनाको मृत्यु

spot_img

बारा,०६ पुस । बाराको निजगढ नगरपालिका वडा नं १ का एक बृद्धको रुखबाट खसेर मृत्यु भएको छ ।
निजगढ नगरपालिकामा सडक हेरालुका रुपमा कार्यरत पुर्णबहादुर तिमल्सिनाको रौतहटको जंगलमा रुखबाट खसेर मृत्यु भएको हो ।

६५ वर्षिय तिमल्सिना बाख्रालाई घाँस लिन भन्दै जंगल गएका छिमेकी राधाकृष्ण सापकोटाले बताए ।

करिब २० मिटर उचाईबाट खसेका तिमल्सिना बजारिएको स्थानबाट ३ मिटर जति पर कोल्टे घोप्टो अवस्थामा मृत फेला परेका स्थानियले बताएका छन् ।

नगरपालिकाका सव ईन्जिनियर नवीन खनालले उनको शव पोष्ट्मार्टमका लागी चन्द्रपुर अस्पताल पठाईएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once