Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

गठवन्धन बाध्यात्मक अवस्था: अर्थमन्त्री महत

spot_img

हेटौंडा,०३ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको गठवन्धनको सरकार बाध्यात्मक अवस्था भएको बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले अहिलेको निर्वाचन प्रणालीको कारण कसैको बहुमत नआउने अवस्था भएको हुँदा गठवन्धन गर्नुपर्ने बाध्यता भएको बताए ।

पार्टीकै केही नेताहरुले अहिलेबाटै गठबन्धन गर्नु पर्दैन भनेर झ्याली पिटेको तर्फ व्यंग गर्दै अर्थमन्त्री महतले अहिलेबाटै गठवन्धनको विषयमा झ्याली पिटन आवश्यक नभएको र पार्टीलाई बलियो बनाउन लाग्न आफ्ना नेताहरुलाइ अनुरोध गरे ।

अहिले स्मार्ट फोन मार्फत आफूलाई नयाँ भन्ने केही समूह र दलले कांग्रेसविरुद्ध मित्थ्या प्रचार गरेको बताउँदै महतले कांग्रेस कार्यकर्ताले यस्ताखाले मित्थ्या भ्रमलाई चिर्नुपर्ने बताए ।

गठवन्धन सरकार सुरुभएएता नेपालमा आर्थिक अवस्था राम्रो हुँदै गएको बताउँदै अर्थमन्त्री महतले देश टाट पल्टदै गएको भन्ने भ्रम झुठो सावित भएको दाबी गरे । आफू अर्थमन्त्री हुँदा देशको आर्थिक अवस्था डामाडोल रहेको बताउँदै मन्त्री महतले अब त्यस्तो अवस्था नरहको र देशले हरेक क्षेत्रमा सुधारको लय समातेको बताए ।

उनले भने,‘हामीले गठनधमा लागेर पनि राम्रो काम गरिराको छौं,जादुको छडी जस्तो गरि काम गर्न सम्भब हुदैन नि , हामीले इमान्दारीको साथमा काम गरेको छौ , हेर्दै जानुस अबको केही समयमा देशले आर्थिक समृद्धि हासिल गरेरै छाड्छ ।’देशमा अहिले पर्यटन, जलविद्युत, कृषि क्षेत्रमा ठूलो परिवर्तन भैरहेको भन्दै उनले देशलाई समस्या परेको समयमा काङ्ग्रेसले समस्या समाधान गर्ने बताए ।

केपी ओली नेतृत्वको सरकारको समयमा भएको आर्थिक गडबढीलाई समाधान गर्ने प्रयास भैरहेको बताउदै उनले पछिल्लो दिनहरुमा सेयर मार्केट, जग्गाको क्षेत्रको कारोबार पनि उकालो लागेको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once