Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

अध्यागमन अधिकृतलाई पैसा बुझाउने ट्राभल एजेन्सीका सञ्‍चालक र कर्मचारी पक्राउ

spot_img

काठमाडौँ,२९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतलाई रकम बुझाउने दुई जना एजेन्टलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

कार्यालयका सूचना अधिकारी मिलन केसीका अनुसार काभ्रेपलाञ्चोक पाँचखाल ३ का निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ ( लामा ), रामेछाप दोरम्पा गाउँपालिका ७ का पदम लामा निमा छिरिङ ट्राभल्सका कर्मचारी र ग्रीस पठाइदिन्छु भने ठगी गर्ने गोरखा पालुङटार नपा ९ का होम बहादुर तामाङलाई पनि

तनियन्त्रणमा लिएको हो ।

उनीहरूले अध्यागमनका अधिकृतलाई नक्कली कागजात बनाएर विदेश उडाउन ४० देखि ५५ हजार उपलब्ध गराउने गरेको केसीले बताए । यसअघि अध्यागमनका अधिकृत नीरबहादुर खड्कालाई कार्यालयका टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले ३ सय जनालाई सेटिङ गरेर उडाउन सहज प्रदान गरेका थिए ।

‘उनीहरूले भिजिट भिसामा विदेश जानेलाई नक्कली कागजपत्र दिएर उपलब्ध गराउने गरेका थिए,’ सूचना अधिकारी केसीले भने,’ अध्यागमनका कर्मचारीसँग सेटिङसमेत गर्ने गर्थे ।‘

एजेन्टले महिलालाई विदेश पुर्‍याएर शोषणमा पार्ने र भनेजस्तो काम नदिलाइदिने गरेको उनले बताए । विदेश पुगेका पुरुषलाई जोखिमपुर्ण काममा लगाइदिने र स्वदेश फर्काउन कुनै पहल नगर्ने गरेको उनले जानकारी दिए ।

कार्यालयमा पीडितले दुःख पाएको विभिन्न किसिमको यातना भोग्नुपरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको उनले जनाए । यसअघि नेपाल वायुसेवा निगमका कर्मचारी र अर्का एकजना एजेन्टलाई प्रहरीले प्रकाउ गरिसकेको छ ।

त्यसैगरी होमबहादुर तामाङलाई ग्रीस पठाइदिन्छु भनी ठगी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो । उनले लक्ष्मण सापकोटा समेत २ जनाबाट गरी १३ लाख ८४ हजार रुपैयाँ लिएर सम्पर्कविहिन भएका थिए ।

उनले ग्रीसको प्रतिष्ठीत कृषि कम्पनीमा १ लाख १५ हजार तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once