Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
24.1 C
Kathmandu

वीरगंज महानगरपालिकाको कार्यापालिका बैठक सुरु

spot_img

वीरगंज,२८ मंसिर । बीरगन्ज महानगरपालिकाको कार्यापालिका बैठक सुरु भएको छ । महानगरपालिकाले डाँकेको आजको कार्यापालिका बैठक ढिलोगरि अहिले सुरु भएको हो ।

बैठकमा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमसहित कार्यपालिका सदस्यहरुको सहभागितामा बैठक जारी भएको हो । प्रशासकीय अधिकृत बस्ने कोठा खाली भएपछि उत्पन्न विवाद समाधान गर्नका लागि आज कार्यपालिकाको बैठक डाकिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको खाली भएको कोठाको विषयमा छलफल गरेर टुंगो लगाउनका लागि बैठक राखिएको महानगरपालिकाको कार्यालयले जनाएको छ ।

यही मंगलबार खाली कोठाको विषयलाई लिएर मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once