Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
18.1 C
Kathmandu

३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ

spot_img

धनगढी,२५ मंसिर । प्रहरीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका-३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।

खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।

पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once