Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
spot_img
19.1 C
Kathmandu

त्रिभुवन विमानस्थलबाट फेरि समातियो साढे ६ किलो सुन

spot_img

काठमाडौँ,२४ मंसिर ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद गरेको छ ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुनसहित विदेशी नागरिक पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिक सुनसहित पक्राउ परेका हुन् ।

बरामद सुन अर्धठोस अवस्थामा रहेको र उनीहरूले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएको प्रहरीले जनाएको छ ।

गएराति चेकजाँचको क्रममा उनीहरूलाई राति १२ः४५ बजे पक्राउ गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once