Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

मधेश सरकारले संघ सरकारलाई दिएको एक महिने अल्टिमेट सकियो, दिए आन्दोलनको चेतावनी

spot_img

जनकपुरधाम,२४ मंसिर । प्रहरी समायोजन लगायत ६ सुत्रिय माग राख्दै दिएको एक महिने अल्टिमेट सकेपछि संकल्प प्रस्तावसहित पुगेका मधेश सरकार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।

हिजो सकिएपछि आज मधेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा प्रमुखप्रतिपक्षी नेकपा एमालेसहित दलका नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरू चाँडो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
एक महिनाभित्र प्रदेश प्रहरी समायोजन, निजामती सेवा एन लगायत कार्यान्वयन गरिसक्न दिएको अल्टिमेटम सकिएकाले आफूहरू सङ्घर्षमा जाने प्रधानमन्त्रीलाई चेतावनी दिएको मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

‘हामीले भन्यौं अल्टिमेटको समयभित्र माग पूरा भएन । अब संघर्षमा जान्छौं’ मुख्यमन्त्री यादवले भने ‘उहाँले भन्नु भयो । तपाइहरुको मागप्रति हामी सकरात्मक छौं । दबाब बढाउनु पर्छ । अलि समय थपिदिनु पर्यो भनेर ।
मुख्यमन्त्री यादवले समय थप गर्ने वा नगर्ने बारे आज गठबन्धनका दलका तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराउने बताए । त्यसपछि मधेश प्रदेशका दलका नेताहरु बसेर छलफल गरी संघर्षको विषयमा निर्णय लिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once