Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
18.1 C
Kathmandu

बीरगन्जबाट लागूऔषधसहित २ जना पक्राउ

spot_img

बीरगन्ज,१७ मंसिर । बीरगन्जबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
बीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ४० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २४ वर्षीय समिप श्रेष्ठ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण ब्युरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once