Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

नक्कली भूटानी शरणार्थी प्रकरण : काे-काे भएनन् थुनामुक्त ?

spot_img

काठमाडौं,१५ मंसिर । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई मुद्दा पूर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । त्यस्तै गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि थुनामुक्त नगर्न आदेश दिएको छ ।
त्यसैगरी केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई मुद्दा पूर्पक्षको निमित्त थुनामा राख्ने गरी भएको काठमाडौँ जिल्ला अदालतको मिति २०८०/०३/०१ को आदेश मिलेकै देखिएकोले परिवर्तन गर्नु नपर्ने आदेश दिएको छ ।

आदेशको बारेमा जानकारी दिँदै उच्च अदालत पाटनका उपरजिष्ट्रार तीर्थराज भट्टराईले भने, ‘निवेदक प्रतिवादीहरू टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङ्टावा शेर्पाको हकमा विचार गर्दा यि प्रतिवादीहरू उपरको जाहेरी दरखास्त, प्रतिवादीहरूको एकआपसको पोल बयान, पीडितहरूको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणका आधारमा यी निवेदकहरू टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङ्टावा शेर्पालाई मुद्दा पूर्पक्षको निमित्त थुनामा राख्नेगरी भएको काठमाडौँ जिल्ला अदालतको मिति २०८०/०३/०१ को आदेश मिलेकै देखिँदा परिवर्तन गरिरहनु परेन ।’
त्यस्तै तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको सम्बन्धमा भने न्यायाधीशहरूको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डेले ३० लाख नगद धरौटीमा रिहा गर्ने र न्यायाधीश प्रकाश खरेलले पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश परिवर्तन गर्नु नपर्ने राय राखेपछि दुई न्यायाधीशबीच राय बाझिएको हो । सो मुद्दा अब तेस्रो न्यायाधीशकहाँ पेस गर्नेगरी फैसला गरिएको छ ।

त्यसैगरी नरेन्द्र केसीलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ । हरिभक्त महर्जन १५ लाख रुपैयाँ, लक्ष्मी महर्जनलाई साधारण तारेखमा, समशेर मियाँलाई १० लाख रुपैयाँ र आशिष बुढाथोकीलाई साधारण तारेखमा छोड्ने आदेश भएको छ । उनका अनुसार सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ, टेकनाथ रिजालाई १५ लाख रुपैयाँ र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

त्यस्तै टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न आदेश भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once