Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

दुर्गा प्रसाईं र युवा संघको आन्दोलनः कस्तो छ काठमाडौंको सवारी आवागमनको अवस्था ?

spot_img

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघको छुट्छुट्टै आन्दोलनले यतिबेला काठमाडौं उपत्यकाका केही क्षेत्र अस्तव्यस्त छन् ।  प्रशासनले प्रसाईंको समूहलाई बल्खुमा प्रदर्शनको अनुमति दिएको थियो भने युवा संघलाई तीनकुनेमा । अहिले यी दुई क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या आएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

युवा संघका कार्यकर्ताहरू नारा लगाउँदै बल्खु पुगेपछि त्यहाँ केहीबेर झडपको स्थिति पनि आएको थियो । दुई पक्षबीच ढुंगा हानाहान भएको थियो ।

यस्तै प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच पनि घम्साघम्सी भएको थियो ।

पूर्वएमालेसमेत रहेका प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल नाममा गणतन्त्र र विभिन्न बेथितिविरुद्ध आन्दोलन गरिरहेका छन् ।

यता, एमाले नेता महेश बस्नेतको ढाडसमा युवा संघले गणतन्त्र बचाउन प्रतिकारमा उत्रिएको बताएको छ ।

बल्खु र तीनकुनेबाहेक राजधानीका अन्य क्षेत्रको ट्राफिक व्यवस्थापन भने सामान्य रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once