Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

केन्द्रीय कमिटीमा ओली : जनबलको प्रयोग गर्नुपर्ने हुनसक्छ

spot_img

काठमाडौं,६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ जान नदिने बताएका छन् । त्यसका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने देखिएको उनले बताए ।

एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले अभियान सुरु गर्दैछ । त्यसको पूर्व सन्ध्यामा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले इतिहास भइसकेको राजतन्त्रको नाममा केही मानिस खुलेआम सडकमा उफ्रिन थालेको बताए ।

लोकमार्ग केन्द्रित अभियानपछि सही र सर्वसम्मत निष्कर्षका साथ एमाले पनि मैदानमा उत्रिने ओलीको भनाइ छ । एमालेले राजनीतिलाई दिशा नदिने हो भने अरुले त्यो जनसन्तुष्टिलाई सम्बोधन गर्न नसक्ने भन्दै ओलीले भने, ‘हिजो एक जना साथीले भन्नुभयो, हेर्दाहर्दै कसैले खल्तीबाट परेवा निकालेर फुत्त उडाउन सक्छ है ।’

‘हामी देशलाई पछाडि फर्किन दिँदैनौं, प्रतिगमनतर्फ जान दिँदैनौं । नेकपा एमालेको संकल्प हो, उद्घोष हो’, उनले अघि भने, ‘देशलाई प्रतिगमनतर्फ जाने अनुकल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य हुँदैन ।’

अहिलेको सरकारको निकम्मापनले प्रतिगमनतर्फ जाने अनुकल परिस्थिति सिर्जना गर्नुका साथै प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको पनि ओलीको आरोप छ । यो एमालेलाई स्वीकार्य नभएको भन्दै उनले प्रधानमन्त्रीलाई चेतावनीपूर्ण भाषामा भने, ‘कि उपयुक्त ढंगले सरकार चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ ।’

एउटा प्रणाली नै परिर्वतन गरेर प्रतिगमनमा लैजान खोज्ने, अर्को अहिलेकै प्रणाली कायम राख्न खोज्ने, तर यथास्थितिवादीहरु रहेको भन्दै ओलीले दुबैलाई सफल हुन नदिने बताए । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले भने, ‘कसरी भन्ने छलफल गर्छौं, भएन भने जनबलको प्रयोग गर्नुपर्ने हुनसक्छ ।’

संविधानले मध्यावधिको कल्पना गरेको छैन भन्ने संविधान नपढेकाहरुको तर्क भएको भन्दै एमाले अध्यक्ष ओलीले सरकार उपयुक्त ढंगले चलेन भने चुनाव हुने बताए । आफू प्रधानमन्त्री भएको बेला पनि दुई तिहाइको सरकार चल्न नसक्ने स्थिति बनाएपछि चुनावमा जाने बाटो रोजेको भन्दै ओलीले तर सम्पूर्ण शक्ति लागेर रोकेको बताए ।

अगाडि बढ्ने बाटो अवरुद्ध गर्ने हो भने जनता सडकमा ओलिएर निर्णय लिने उनले बताए । ओलीले अगाडि भने, ‘देशलाई बर्बादीबाट जोगाउन सार्वभौम जनताले सडकबाट निर्णय गर्न सक्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once