Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
21.1 C
Kathmandu

नक्कली मलखाद्य बनाउने दुईजना प्रहरीको फन्दामा

spot_img

जनकपुरधाम, कार्तिक २४ गते । नक्कली मलखाद बनाउने दुईजनालाई सर्लाही प्रहरीले सामानसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका–५ छपकैया टोल बस्ने २८ वर्षीय सुनिल कुमार यादव र मलंगवा नगरपालिका–५ बस्ने १९ वर्षीय विशाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिहीबार दिउँसो सुनिलको घरमा नक्कली मलखाद बनाइरहेको विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई सामानसहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

प्रहरीले उनको घर खानतलासी गर्दा भारतीय युरिया मल ५० केजीको १४ बोरा, युरियाको खाली बोरा ४० पिस, नेपाली पोटास मल ५० केजीको ४ बोरा, भारतीय चिनी ५० केजीको दुई बोरा, टाटा नुनको खोली बोरा १११ पिस, कृषक पोटास लेखिएको खाली बोरा ५० पिस, आधी बोरा पोटास र दुईवटा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once