महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा फेला

spot_img

जनकपुर,२३ कार्तिक ।महोत्तरीबाट गत मंगलबारदेखि बेपत्ता भएका पाँच जना किशोरी आज केहीबेर अघि धनुषाको ढल्केवरमा फेला परेका छन् ।

बाहिर जान लागेको बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएको छ । अहिले उनीहरूलाई इलाका प्रहरी कार्यादय ढल्केवरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

गत मंगलबार बिहान ११ बजेदेखि महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once