Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

कोशी प्रदेश सरकारमा गठबन्धनबाट दुई मन्त्री नियुक्त हुँदै

spot_img

विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेश सरकार आज (शुक्रबार) विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गर्नुभएको हो । असोज २८ गते नियुक्त हुनुभएको मुख्यमन्त्री कार्कीले २० दिनपछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको उहाँ निकट स्रोतले जनाएको छ । नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेती सुशिल र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्रीका लागि नाम सिफारिस गरिसकेको बताइएको छ । यद्यपि यस विषयमा मुख्यमन्त्री कार्यालय र सम्बन्धित दलहरुले भने औपचारिक जानकारी दिइसकेको छैन ।

नेकपा (एमाले)को समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई सरकारमा गठबन्धनलाई सहभागी नगराउन नेकपा एमालेको दबाब छ । यद्यपि मुख्यमन्त्री कार्कीले सहमतीय सरकार बनाएर स्थायित्व दिनुपर्ने भन्दै गठबन्धनलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले साँझ ६ः३० बजे मन्त्रीहरुको शपथको कार्यक्रम रहेको जानकारी दिएको छ । मुख्यमन्त्री कार्की कोशी नदीमा मोटरबोट दुर्घटनामा परी घाइते हुनुभएका विराटनगरका दुई जना पत्रकारहरुको उपचार भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जानुभएकोले फर्किनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once