Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

spot_img

काठमाडौँ,१३ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने लागेको हो । बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once