Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
21.1 C
Kathmandu

आज पनि दसैँको टीका र जमरा लगाइँदै

spot_img

काठमाडौँ,कार्तिक ९ । बडादसैँ अन्तर्गत आज तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी रहेको छ ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाहरूले पूर्णिमाका दिनसम्म मान्यजनकहाँ गएर आशीर्वाद लिने गर्छन्। तर, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।

काठमाडौँ उपत्यकामा आज पनि बिहानैदेखि टीका थाप्न आफन्तकोमा जानेहरूको चहलपहल देखिएको छ । ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दसैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।

नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once