काठमाडौं, कात्तिक ९ गते । नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुलेट छ दिनको बुलेट राइडको आयोजना हुने भएको छ ।
४५ वटा बुलेट बाईक समावेश हुने सो राइड शुक्रबारदेखि बुधबारसम्म हुनेछ । सो राीइड काठमाडौंदेखि ढोरपाटन शिकार आरक्षसम्म सञ्चालन हुन लागेको छ ।
पहिलो दिन काठमाडौदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाचौं दिन पोखरामा रिफ्रेसमेन्ट र छैठौं दिन पोखरादेखि काठमाडौ आएर सो कार्यक्रम समाप्त हुनेछ ।
बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) ले हरेक वर्ष नेपालका कम्तीमा तीन पर्यटकीय क्षेत्रको बुलेट राईड आयोजना गर्दै आएको छ । पछिल्ला वर्ष सो राइड भारतको सिक्किम ग्यान्टोक पुगेको थियो ।
साभार:गोरखापत्र अनलाइन





