Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
25.1 C
Kathmandu

एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो

spot_img

काठमाडौं,३० असोज । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा सञ्चिति रहेको देखिएको छ । यो असारको तुलनामा २.६ प्रतिशत धेरै हो ।

अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महिनाको वस्तु आयात गर्न पर्याप्त हुन्छ । १०.३ महिनाको वस्तु तथा सेवा आयातमा यो सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पालन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात २९.७ प्रतिशत, ८६ प्रतिशत र २६.२ प्रतिशत रहेको देखिएको छ ।

२०८० असार मसान्तसम्म यी अनुपात क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once