Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

२० रुपैयाँको नयाँ नोट प्रचलनमा

spot_img

काठमाडौं । राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार २० रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँको छाप रहेको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ।

गभर्नरले दस्तखत गर्नुपर्ने ठाउँमा महाप्रसाद अधिकारीको दस्तखत राखिएको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once